काठमाडौं । अहिले बजारमा २४ लाख ९६ हजार मूल्य तोकेर बिक्री हुँदै आएको केई इक्यूट-०४ मोडललाई मेरोअटोले उपत्यका वरपरका डाँडाहरुमा लगेर टेस्ट ड्राइभ गरेका छौं ।
सिटी कारको रुपमा उपलब्ध केई इक्यूट-०४ निकै आकर्षक फिचरहरुले सुसज्जित मोडल हो । यसको अधिकांश फिचरहरु महंगा र लग्जरी कारमा उपलब्ध छन् । सानो कारले रेन्ज पनि उत्कृष्ट दिने हामीले पायौं ।
जिओ अटोमोवाइल र लक्ष्मी इमोविलिटीले बिक्री गर्दै आएको इक्यूट-०४ को टेस्ट ड्राइभका दौरान हामीले यसमा भएको फिचर, पर्फमेन्स र कम्र्फटका बारेमा जानकारी दिने कोशिस गरेको छौं ।
भिडियोमा हेर्नुहोस् इक्यूट-०४

