२ हप्तामै ५० हजार युनिट इलेक्ट्रीक स्कुटर बुकिङ, के खास छ स्कुटरमा

काठमाडौं । अल्ट्रा भोइलेटको पहिलो इलेक्ट्रीक स्कुटर २ हप्तामै ५० हजार युनिट बुकिङ भएको छ ।

कम्पनीले बुकिङ खुलाएको ४८ घण्टा नबित्दै २० हजार युनिट स्कुटर बुकिङ भएकोे ‘टेसेरेक्ट’ स्कुटर दुई सातामा ५० हजार युनिट बुकिङ भएको हो ।

कम्पनीले अल्टाभोइलेट ‘टेसेरेक्ट’ को पहिलो १० हजार ग्राहकलाई १ लाख २० हजार भारतीय रुपैयाँमै स्कुटर दिने घोषणा गरेको थियो ।

पछि कम्पनीले ५० हजार ग्राहकलाई परिचयात्मक मूल्यमै स्कुटर उपलब्ध गराउने घोषणा गरेको २ हप्ता नबित्दै ५० हजार युनिट स्कुटर बुकिङ भएको हो ।

कम्पनीले हालै भारतको बैंगलोरमा आयोजना गरिएको एक कार्यक्रममा पहिलो पर्फमेन्स स्कुटर देखाएको थियो ।

कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर अल्टाभोइलेट ‘टेसेरेक्ट’ सार्वजनिक गरेको थियो । अल्ट्राभोइलेटले पहिलो ५० हजार ग्राहकलाई १ लाख २० हजार रुपैयाँमै दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्कुटरमा कारमा हुने फिचरहरू दिइएको छ । यसको डिजाइन कमब्याट हेलिकप्टरबा प्रेरित रहेको छ । बिग साइज देखिने यो स्कुटरमा ३४ लिटरको अन्टडसिट स्टोरेज क्षमता दिइएको छ ।

फिचर लोडेड यो स्कुटरको अगाडि पछाडि नै राडार दिइएको छ । यसमा ब्लाइण्डस्पट डिटेक्सन, ओभरटेक अर्लट, ड्यासक्याम, ७ इन्च टीएफटी डिस्प्ले, नेभिगेशन, फ्लोटिङ डीआरएल, डबल एलईडी प्रोजेक्टर, वायरलेस स्मार्टफोन चार्जर, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर दिइएको छ ।

यसमा १५ किलोवाट क्षमतको मोटर दिइएको छ । यसको टप स्पीड १२५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ०-६० को स्पीड मात्र २.९ सेकेन्डमा पूरा गर्छ । यो स्कुटरलाई एक पटकको फुलचार्जमा २६१ किलोमिटर गुडाउन सकिने आडीसी क्लेम रहेको छ ।


Back_to_top