काठमाडौं । बजाजले पल्सर सिरिजको सबैभन्दा ठूलो मोटरसाइकल पल्सर एनएस ४०० जेडको अपडेटेड भएर आउने भएको छ । कम्पनीले सन् २०२५ मोडल पल्सर एनएस ४०० जेड अझै पावरफुल इन्जिनमा ल्याउने तयारी थालेको हो ।
कम्पनीले २०२५ मोडलमा अपग्रेडसँगै मूल्य समेत बढाएको छ । अघिल्लो वर्ष सार्वजनिक भएको पल्सर एनएस ४०० जेडमा कम्पनीले विभिन्न अपडेट गरेको छ ।
बजाजले नयाँ पल्सरमा १५० सेक्सन नयाँ रियर टायर दिएको छ । सन् २०२३ मोडलमा १४० सेक्सन टायर रहेको थियो । यसअघि एमआरएफको टायर रहेको थियो भने, २०२५ मोडलमा अपोलो अल्फा एच १ रेडियल टायर दिएको हो ।
बजाजले पल्सर एनएस ४०० मा ब्रेकिङमा पनि सुधार गरेर ल्याएको छ । कम्पनीले ग्रिमिका क्यालिपरलाई निरन्तरता दिएको छ । तर, कम्पनीले सेरामिक प्याडको रिप्लेस सिन्टर्ड प्याडले गरेको छ । सिन्टर्ड प्याडले सेरामिकको तुलानामा ज्यादा ‘वाइट’ गर्छ । यसले ब्रेकिङ क्षमातका वृद्धि गर्छ ।
यसका अलावा कम्पनीले पल्सर एनएस ४०० जेड ओबीडी २ इमिशन स्याण्र्डडमा ल्याएको छ । यसले इन्जिनको पावरमा समेत वृद्धि भएको बताइएको छ । यसमा २ देखि ३ हर्ष पावर वृद्धि हुनेछ ।
यसको पावर वृद्धि भएसँगै यो मोटरसाइकल डोमिनार, ट्रायम्फ स्पीड ४०० को तुलनामा अझै पावरफुल भएको छ । यो मोटरसाइकलको मूल्य १ लाख ९२ हजार भारतीय रुपैयाँ एक्ससोरुम हुने अनुमान गरिएको छ ।