काठमाडौं । जीप कम्पासको नयाँ जेनेरेशन मोडल तयार भएको छ । स्टेलान्टिसले केही दिन भित्रै बजारमा आउने अनुमान गरिएको नयाँ जेनेरेशन कम्पास मल्टिपल पावरट्रेनमा उपलब्ध हुने भएको हो ।
जीपले ल्याउने नयाँ कम्पासमा १६० किलोवाट डीसी चार्जर सपोर्ट गर्ने कम्पास ईभीले २२ किलोवाटसम्मको एसी चार्जर सपोर्ट गर्छ । यसको डीसी चार्जरले २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट मात्रै लगाउने छ ।
कम्पनीले अहिलेसम्म यसमा रहने ब्याट्री क्षमताको विषयमा कुनै जानकारी नदिए पनि यसको डब्लूएलटीपी रेन्ज ६५० किलोमिटर रहने जनाएको छ । इलेक्ट्रीक भर्सनमा १६० किलोवाट क्षमताको मोटर रहने बताइएको छ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउने जीप कम्पास इलेक्ट्रीकमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
नयाँ कम्पास ईभीमा २० डिग्री अप्रोच एङ्गल १५ डिग्री ब्रेकओभर एङ्गल र २६ डिग्री डिपार्चर एङ्गल रहने छ । खराब बाटाहरूमा पनि सजिलै चलाउन मिल्नेगरी यसको डिजाइन भएको कम्पनीको दाबी छ । ४७० एमएम गहिरो पानीमा पनि सजिलै चलाउन मिल्ने बाटो अनुसारको ड्राइभ मोडल सेलेक्ट गर्न सकिने छ ।
कम्पनीले माइल्ड हाइब्रिड टेक्नोलोजीमा पनि ल्याउने कम्पास फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा आउने छ । जसको पीकपावर ३७५ हर्स पावर रहेको छ ।