काठमाडौं । बजाजले आफ्नो ‘नेक्स्ट जेन’ पल्सर १५० मोटरसाइकल नेपालमा बिक्री सुरु गरेको छ । कम्पनी ३ लाख ५५ हजार ९०० रुपैयाँ मूल्य तोकर अपग्रेड भएको पल्सर १५० बिक्री थालेको हो ।
नयाँ पल्सर १५० बारे थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
अहिले मूल्यको ४० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर किस्तामा पल्सर १५० किन्न चाहनेले १० हजारभन्दा केही कम नै मासिक तिर्नेगरी खरिद गर्न सक्नेछन् । कर्जा सुविधा हुलास फिनले उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर १५० बिक्री थालेको छ । बजाजले सन् २०१० पछि सबैभन्दा ठूलो परिमार्जन गरेर पल्सर १५० लाई बजारमा उतारेको हो ।
नयाँ पल्सर १५० मा हेडल्याम्प, टर्न इन्डिकेटर र इन्ट्रुमेन्ट क्लष्टर नै परिवर्तन गरिएको छ । यसमा रहेको नयाँ हेडलाइटको पहिलेको भन्दा निकै भिजिबलिटी बढाएको छ ।
मोटरसाइकलमा नयाँँ ग्राफिक्ससँगै नयाँ कलर अप्सन, सिंगल च्यानल एबीएस र एफआई बीएस ६ मा आधारित इन्जिन दिइएको छ ।
यसका अलावा मोटरसाइकलको बडी डिजाइन र इन्जिन पावर फिगरमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा पहिले जस्तै इन्धन ट्यांकी, क्लिप अन ह्याण्डलबार, स्प्लिट सिट, अलोय ह्वील र एग्जस्ट रहेको छ ।
पल्सरमा १४९ सीसी सिगंल सिलिण्डर, एयर कुल्ड, एफआई बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १३.४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ भने यसको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
बजाज पल्सर १५० नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल मध्यको एक हो । सन् २०२५ मा नेपालमा आयात भएका मोटरसाइकल मध्ये पल्सर १५० शीर्ष स्थानमा छ ।

