काठमाडौं । केटीएम इन्डियाले ४९० सीसी इन्जिनमा नयाँ मोटरसाइकलको परीक्षण सुरू गरेको छ । कम्पनीले अण्डर ५०० सीसी मिडलवेट सेग्मेन्टमा नयाँ केटीएम ड्युक ४९० मोटरसाइकलको परीक्षण सुरू गरेको हो ।
ड्युक लाइनअपमा लामो समयदेखि नयाँ मोडलहरू आएको थिएन । कम्पनीले सोही कुरालाई मध्यनजर गरी नयाँ ड्युकमा काम गरिरहेको अनुमान लगाउन सकिन्छ ।
परीक्षणका क्रममा रहेको नयाँ ४९० ड्युक पूर्ण रूपमा तयार भएको देखिँदैन । तस्बिरहरूमा देखिएको टेस्ट म्युलले केटीएम नयाँ ड्युकको डिजाइन प्रस्ट हुँदैन ।
यो पूरा रूपमा कन्सेप्ट मोडलमात्रै हो । तर ट्यांकको आकार, राइडिङ स्ट्यान्स र फ्रन्टको एग्रेसिभ लुक भएकाले यसलाई कम्पनीले ३९० मोडलकै शैलीमा तयार पार्ने सम्भावना छ । यसमा इन्जिनन र अन्य केही कम्पोनेन्टहरू फरक प्रयोग हुने अनुमान गर्न सकिन्छ ।
मोटरसाइकल प्रारम्भिक अवस्थामा भए पनि केही महत्वपूर्ण कम्पोनेन्टहरू स्पष्ट देखिन्छ । यसमा डब्लूपी सस्पेन्सन सेटअप, ठूलो डिस्कप्याड र रेडियल क्यालिपर, एक्सपोज्ड ट्रेलिस फ्रेम डिजाइन, ३९० को जस्तै डिस्प्ले र चंकि एग्जस्ट प्रयोग गरिएको छ ।
नयाँ ड्युक ४९० मा ५५ देखि ६० पीएस पावरसम्म जेनेरेट गर्ने प्यारालल ट्वीन सिलिण्डर इन्जिन सेटअप हुने छ । यसले ३९० र ७९० ड्युक बीचको ग्यापिङ पूरा गर्ने अनुमान छ भने पुरानो ६९० ड्युकले छोडेको स्थानलाई पनि पुनःस्थापीत गर्न सक्ने देखिन्छ ।
केटीएमको यो ४९० सीसी इन्जिन प्लेटफर्म आरसी र एड्भेन्चर मोडलमा पनि प्रयोग गरिने छ ।


