काठमाडौं । नेपालमा ३९ वर्षको लामो विरासत कायम गरेको विश्व प्रख्यात गल्फ लुब्रिकेन्टको नेपालको उत्पादक एवं वितरक नेपाल ल्युब आयलले डिलर सेल्स एक्जेक्युटीभ मिट सम्पन्न गरेको छ । पोखरामा आयोजना भएको उक्त मिटमा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटीभहरु सहभागिता थियो ।
कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै हुने भएकाले एक्जुकेटीभ मिट गरिएको हो । कार्यक्रममा प्राविधिक र बिक्रीको बारे प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको कम्पनीले जनाएको छ ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराई भन्छन्, ‘सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबैभन्दा राम्रो हो, भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युटीभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकता पुरा गर्न राम्रो मद्दत गर्न सक्छ । त्यसैले हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।