भारतबाट नेपालतर्फ आउँदै गरेकाे मोटरसाइकलको टयांकीमा ३८ लाख रुपैयाँ लुकाएर आएका एक युवा प्रकाउ परेका छन् । उनले मोटरसाइकलको इन्धन ट्याङकीमा ३८ लाख रुपैयाँ लुकाएर नेपाल ल्याउँदै गरेका थिए ।
पक्राउ पर्ने धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव हुन् । उनलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ ।
चेकजाँचमा रहेको सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलको टयांकीमा बिर्कोको सट्टा नटबोल्ट लगाएको देखेपछि चेकजाँच गर्दा उक्त रकम भेट्टिएको हो ।
पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।


