अटो एक्स्पो २०२० मा भाग नलिने ३ वाइक कम्पनीको घोषणा, यस्तो छ कारण

सधै चर्चामा रहने दिल्ली अटो एक्स्पो यसपटक २०२० फेब्रुअरी ७ देखि १२ तारिखसम्म आयोजना हुने भएको छ । विशेषत नयाँ मोडल र नयाँ कन्सेप्ट सार्वजनिक हुने भएकाले नेपालमा चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन प्रति चासो राख्नेलाई उक्त अटो एक्स्पोले तान्ने गरेको छ ।  

यस्तोमा भारतका चर्चित तीन मोटरसाइकल उत्पादक कम्पनीले देल्ली अटो एक्स्पोमा भाग नलिने जनाएका छन् । भारतकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो, बेलायती कम्पनी रोयल इन्फिल्ड र भारतीय कम्पनी टीभीएसले अटो शोमा भाग नलिने बताएका हुन् । 

अहिले भारतीय अटो बजार लगातार ओरालो लागि रहेको छ । सगँसगै भारत सरकारले ल्याएको नयाँ नियम अन्तर्गत भारत स्यान्डर्ड ६ तथा एबीएस÷सीबीएस अनिवार्य गरे पश्चात् आफ्ना उत्पादनको मूल्य वृद्धि भइरहेको छ । यस्तोमा खर्च कटौती गर्न भन्दै यी कम्पनीले अटो एक्स्पोमा भाग नलिने बताएका हुन् । 

हिरो मोटो कर्पले विज्ञप्ती नै निकालेर अटो शोमा भाग नलिने जनाएको छ । भारत सरकारले लगाएको नयाँ नियम एबीएस, बिएस ६ तथा जिएसटीका कारण तत्काल मोटरसाइकलको मूल्य घट्ने देखिदैन । लगातार ओराले लागि रहेको समयमा समयमा अटो शोको तयारी तथा म्यानपावर रिसोर्स जस्ता पक्षमा कम्पनीको ठुलो बजेट खर्च हुने र यसको प्रभाब ग्राहक तथा स्टेक होल्डरलाई पर्ने भन्दै सकेसम्म खर्च कम गर्ने जनाउँदै अटो शोमा भाग नलिने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यस्तै रोयल इन्फिल्डको बार्षिक कार्यक्रम अन्तर्गत राइडर मेनिया मार्फत आफ्ना ग्राहकसँग जोडिदै आएको छ । यस्तै टीभीएसको अक्टोवर १८/१९ मा पहिलो कार्यक्रम मोटोसोल गोवामा आयोजना गर्दैछ । यी दुबै कम्पनीले तत्काल ठूलो रकम अटो एक्स्पोमा खर्च नगर्ने भन्दै भाग नलिने जनाएका छन् । 


Back_to_top