लेभनिङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

काठमाडाैं । लेभनिङ इलेक्ट्रीक स्कुटरको खरिदमा ३२ इन्चको टीभी उपहार पाइने भएको छ । लेभनिङ इलेक्ट्रीकको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी ईभी नेपाल मोटर्सले हरेक स्कुटरमा ३२ इन्चको टीभी निशुःल्क दिने स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार हाल कतारमा जारी विश्वकप फुटवलको अवसरमा लेभिनिङका हरेक स्कुटरको खरिदमा ३२ इन्चको टीभी उपहार स्वरुप प्रदान गरिने छ ।

कम्पनीले हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५-डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर विक्री गर्दै आएको छ । यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

यो योजना नेपालभर रहेको लेभनिङको शोरुममा उपलब्ध हुनेछ भने सिमित अबधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।


Back_to_top