ईभीमय बन्यो थाइल्याण्डमा आजबाट सुरु भएको ‘मोटर एक्स्पो २०२२’

काठमाडौं । आजबाट थाइल्याण्डमा सुरु भएको ‘मोटर एक्स्पो २०२२’मा विभिन्न ३५ कार ब्राण्डले सहभागिता जनाएका छन् । मोटर एक्स्पोमा सहभागि सबै ब्राण्डको मुख्य चासो र आकर्षण ईभीमा देखिएको छ ।

आज डिसेम्बर १ देखि सुरु भएर १२ तारिखसम्म चल्ने मोटर एक्स्पो २०२२को कारण थाइल्याण्डको अटोमोवाइल बजारमा २० प्रतिशतको वृद्धि हुने आयोजकले अपेक्षा राखेका छन् ।

मोटर एक्स्पोमा बीवाइडी, नेटा, होन्डा, लेक्सस, टोयोटा, मिनी, अउडी, बीएमडब्लू, फोर्ड, हुन्डाई, जीप, माज्दा, निसान, प्यूजो, पोर्श्चे, मित्शुबीसी, एमजी, भोल्भो जस्ता ब्राण्डले इलेक्ट्रीक कार प्रदर्शनी गरेका छन् ।

मेलामा बीवाइडीले सील, एटो थ्री, डल्फिन लगायतका इलेक्ट्रीक मोडल प्रदर्शनी गरेको छ । एमजीले आफ्नो नयाँ ह्याचव्याक एमजी–४, होजोन मोटर्सले नेटा एस, नेटा यू प्रो जस्ता मोडल प्रदर्शनी गरेको छ ।

होन्डाले ई–प्रोटोटाइप प्रदर्शनी गर्दा हुन्डाईले आयोनीक ५ देखाएको छ । बीएमडब्लूले नयाँ थ्री सिरिज प्रदर्शनी गर्दा टोयोटाले बीजेड४एक्स र लेक्ससले आरएक्स ४५० एक्स मोडल प्रदर्शनी गरेको छ ।


Back_to_top