काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपनि नेपाल आएल निगमले घटे अनुसार मूल्य कटौति नगरेसँगै जनगुनासो बढ्न थालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्य कटौती गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका हुन् । अहिले उक्त मन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवलाई निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनिएको प्राधनमन्त्री कार्यालय स्रोतले बतायो ।