हराएका र प्रहरी कार्यालयमा छाडिएका मोटरसाइकलमा कर लाग्ने

काठमाडौं । ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको सवारीसाधनको समेत कर लाग्ने भएको छ । वागमती प्रदेश सरकारले ल्याएको ‘आर्थिक ऐन २०८०’ले विभिन्न कारण ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका सवारीसाधनमा कर लिने व्यवस्था गरेको हो ।

कारवाही परेर लिन नआएका तथा दुर्घटना परेर वा चोरी कार्यबाट ट्राफिक प्रहरी परिसरमा थुप्रिएका मोटरसाइकल तथा अन्य सवारीसाधनमा कर लगाइएको हो । प्रदेश सरकारले यसरी वेवारिसे अवस्थामा छाडिएका मोटरसाइकल धनीको पहिचान गरी कर, शूल्क तथा जरिवाना अशुल्ने उल्लेख गरिएको छ ।

‘ट्राफिक कारवाहीमा परेका, विभिन्न कसुरमा नियन्त्रणमा लिइएका र सवारीधनी एकिन नभई लामो सयमदेखि ट्राफिक कार्यालयमा नियन्त्रणमा रहेका सवारीसाधनहरुको ट्राफिक कार्यालयको समन्वयमा लगत संकलन गरी सवारीधनी पत्ता लगाई निजबाट सवारीमा लाग्ने कर, शुल्क तथा जरिवाना संकलन गरिनेछ’ वागमती प्रदेश आर्थिक ऐन २०८० मा भनिएको छ ।


Back_to_top