काठमाडौं । कुजु नेपाल प्रालिले ‘फिफा विश्वकप २०२२ प्रेडिक्ट एण्ड विन’ को विजेता घोषणा गरेको छ । उक्त कार्यक्रममा चन्द्रबहादुर गुरुङ विजेता बनेका छन् ।
फिफा विश्वकप २०२२को विजेता हुने देशको नाम अनुमान गरेर विजेता बन्न सफल भएका गुरुङलाई कम्पनीले २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको याडिया वाईएस(५०० इ(बाइक हस्तान्तरण गरेको छ ।
नेपालका लागि याडिया ई(स्कुटरको आधिकारिक वितरक याडिया ई–स्कूटर कतारमा आयोजित फिफा विश्वकप २०२२ को आधिकारिक एसिया प्यासिफिक फिफा विश्वकप क्षेत्रीय सहयोगीका रूपमा रहेको थियो । यसैमा कम्पनीले प्रेडिक्ट एण्ड विन च्यालेन्ज सुरु गरेको थियो ।
गत शुक्रबार ओपियम रेस्टुरेन्ट एण्ड बारमा आयोजित एक कार्यक्रमका बीच गोलाप्रथाद्वारा विजेता घोषणा गरेको थियो ।


