काठमाडौं । सरकारले आधिकारीक विक्रेता बाहेक पनि गाडी ल्याउने पाउने व्यवस्थालाई हटाएको छ । चालु आर्थिक वर्षको बजेटले आधिाकारीक विक्रेता विना नेपाल ल्याइएका सवारी साधनलाई अतिरिक्त ३० प्रतिशत जरिवाना तिरेर आयात गर्न पाउने व्यवस्था हटाएको हो ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा उक्त व्यवस्था हटाएको छ । आर्थिक अध्यादेशमा भनिएको छ, ‘निर्माता कम्पनी वा निजको आधिकारीक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपाल स्थित आधिकारीक विक्रेताले मात्र पैठारी गर्न पाउने छ ।’ यो सर्त पुरानगरि आएका साधन सरकारले जफत गर्न सक्ने भनिएको छ ।
तर, यो सर्त उल्घंनगरि गरी जेठ १५ गतेभन्दा अगाडि नै प्रतितपत्र खोली वा अन्य भुक्तानीको माध्यमबाट पैठारीको प्रक्रियामा रहेका र भन्सार यार्डमा ल्याई जाँचपास हुन बाँकी रहेका सवारी तथा ढुवानी साधन मूल्यको ३० प्रतिशत जरिवाना तिरी जाँचपास गर्न सकिने उल्लेख छ ।
नयाँ व्यवस्थासँगै टेस्ला, ज्यागुअर लगायतका विश्व प्रसिद्ध ब्राण्ड आधिकारीक विक्रेता नियुक्त विना नेपाल आउने बाटो बन्द भएको छ । तर, आधिकारीक वितरक नियुक्त भएर भने यी गाडी नेपाल आउन सक्ने छन् ।


