काठमाडौं । सरकारले हाइब्रिड कारमा लाग्ने अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले हाइब्रिड कारमा अन्तःशुल्क घटाएको हो ।
यसअघि प्लगइन हाइब्रिड र हाइब्रिड गाडीलाई फरक दरमा अन्तःशुल्क लाग्ने व्यवस्था गरेको भएपनि अहिले दुबै गाडीमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको हो । हाइब्रिड गाडीमा यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।
आर्थिक अध्यादेशमा भनिएको छ, ‘अन्य गाडीहरु, कम्प्रेसन-इग्नीसन इन्टरनल कम्बस्चन पिष्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएको, विद्युत शक्तिको बाह्य स्रोत प्लग जोडेर चार्ज हुन सक्ने किसिमका उल्लेख छ ।’


