निषेधाज्ञा उल्लंघन गर्ने गाडी तथा मोटरसाइकल चालकलाई यस्तो कारवाही

सा‌ंकेतिक तस्विर

काठमाडौं । कोभिड १९ को संक्रमण उच्च भएसँगै सरकारले उपत्यका लगायत संक्रमण उच्च भएका १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यसअवधिमा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन संचालन गर्न पाइने छैन ।

यदि कसैले अटेरगरि चलाएमा त्यस्ता सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिन सक्ने छन् । यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई अवस्थाहेरि केहि समयपछि प्रहरीले छोड्न पनि सक्ने छ । तर, अटेरी गरेमा संक्रमण रोग ऐन २०२० अनुसार एक महिना कैद वा १०० रुपैयाँ जरिवाना अथवा दुबै सजाय गर्न सक्ने छ ।

संक्रमण रोग ऐनमा बाधा पुर्याएको ठहर गरेमा त्यस्ता व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुबै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

स्थानिय प्रशासन ऐन २०२८ अनुसार पनि प्रशासनको आदेश उल्लंघन गरेको कसुरमा ५०० रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुबै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

त्यसैले सवारी साधन लिएर निस्कदा स्थानिय प्रशासनको अनुमति लिएर मात्रै निस्कनु पर्छ ।


Back_to_top