किन किन्ने ‘सीएफ मोटो ४५० एम’ ? यी हुन् लोभ लाग्दा ४ कारण

काठमाडौं । नेपालमा ४५० सीसी एड्भेन्चर मोटरसाइकलको क्रेज बढ्दो छ । मिड साइज सेग्मेन्टमा एड्भेन्चर टुरिङमा रमाउनेहरूको रोजाइमा पर्न सफल भएको हो ।

खासगरी कर्पोरेट क्षेत्रमा काम गर्ने र अफरोड एड्भेन्चरमा रमाउन चाहनेहरूको रोजाइमा ४५० सीसीका मोटरसाइकल पर्नु स्वभाविक मानिन्छ । मूल्यका हिसाबले पनि यसलाई अब्बल बनाएको छ ।

केही वर्षअघिसम्म ४५० सीसीका मोटरसाइकल किन्न ठूलो रकम चाहिन्थ्यो । नेपालमै एसेम्बल सुरू भएसँगै सरकारले दिएको कर छुटको कारण यस्ता मोटरसाइकल राम्रो मूल्यमा आउन थालेका हुन् ।

अझै पनि मूल्यका हिसाबमा ४५० सीसी सेग्मेन्टमा मोटरसाइकलहरू केही महँगो नै मान्न सकिन्छ । तर, मूल्यका हिसाबले भन्दा पनि मोटरसाइकलको पर्फमेन्सका कारण धेरैको नजरमा पर्न सफल सीएफ मोटो ४५० एमटी एउटा ‘भ्यालु फर मनी’ मोटरसाइकल हो ।

नेपालमा सीएफ मोटोका मोटरसाइकल रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । ४५० सीसी सेग्मेन्टमा उपलब्ध यो एकमात्र ट्वीन सिलिण्डर इन्जिन भएको एड्भेन्चर टूरर मोटरसाइकल हो ।

नेपालमा सार्वजनिक भएको छोटो समयमै राम्रो व्यापार भएको यो मोटरसाइकल सफल हुनुका कारण बारे तल चर्चा गरिएको छ ।

लुक

झट्ट हेर्दा बिग एड्भेन्चर बाइक जस्तो देखिने ४५० एमटीको लुकल सबैलाई आकर्षित गर्छ । मात्र ४५० सीसीको यो मोटरसाइकल झट्ट हेर्दा ७०० वा ८०० सीसीको मोटरसाइकल जस्तो देखिन्छ । अन्तर्राष्ट्रिय बजारमै निकै रुचाइएको यो मोटरसाइकलको लुक यसको अन्य प्रतिस्पर्धी  आकर्षक देखिन्छ ।

लाइट वेट

हेर्दा जति बल्की देखिन्छ, वास्तामा यसको तौल भने निकै कम छ । अफरोडका लागि डिजाइन गरिएको मोटरसाइकलको अर्को विशेषता भनेको यसको तौल पनि हो । ४५० एमटीको कुल तौल १७५ किलोग्राम मात्र छ । जुन अन्य सामान्य १५० सीसी मोटरसाइकलको तौल हाराहारी हो ।

अफरोडमा चलाउन यस्ता मोटरसाइकलको तौल कम भएको खण्डमा राम्रो मानिन्छ । अफ्ट्यारा बाटाहरुमा चलाउँदा सहज रुपमा नियन्त्रण गर्न सकिने भएको कारण यो मोटरसाइकल अफरोड राइडरको रोजाइमा पर्न सफल भएको हो ।

पर्फमेन्स

४५० सीसी सेग्मेन्टमा बिक्री हुने एकमात्र ट्वीन सिलिण्डर  भएको एड्भेन्चर मोटरसाइकल भएपछि पर्फमेन्सको धेरै कुरा गर्नै पर्दैन । ट्वीन सिलिण्डर इन्जिन हुनका धेरै फाइदाहरु छन् । ट्वीन सिलिण्डर भएकै कारण यसको पावर डेलिभरी, हाइवे टुरिङ क्षमता, भाइब्रेसन कम हुनु जस्ता कारण उपभोक्ताले सहज महसुस गर्नेछन् ।

मूल्य

ट्वीन सिलिण्डर इन्जिन भएको मोटरसाइकल ऋषि ट्रेड सेन्टरले नेपालमै एसेम्बल गरेर १२ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । सेग्मेन्टमै यसको मूल्य आकर्षक मान्न सकिन्छ ।

नेपालमा लाइफ स्टाइल प्रोडक्ड मानिने यो मोटरसाइकल एड्भेन्चर टुर मनपराउनेहरुको लागि उत्कृष्ट छनोट हो ।


Back_to_top