यी हुन् २०१९ मा आउन लागेका ५ एड्भेन्चर बाइक, कुनको विशेषता कस्तो ?

काठमाडौं । पछिल्लो समय युवापुस्तामा एड्भेन्चर मोटरसाइकलप्रतिको आकर्षण बढ्दै गएको छ । लामो दूरीको यात्राको लागि एड्भेन्चरको मोटरसाइलको छनौट उपयुक्त मानिन्छ । 

विश्वभर थुप्रै कम्पनीले एड्भेन्चर मोटरसाइकलको उत्पादन गरिरहेका छन् । यसैबीच, २०१९ भित्र भारतीय बजारमा सार्वजनिक हुने पाँच एड्भेन्चर मोटरसाइलकको सूची यस्तो रहेको छ । 

हिरो एक्सपल्स–२००

हिरो मोटोकर्पले २ सय सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल एक्सपल्स–२०० ल्याउने भएको छ । २०१८ को अटो एक्स्पोमा सार्वजनिक गरिएको मोटरसाइकल २०१९ मा सार्वजनिक हुने भएको हो । यो हिरोको सस्तो एड्भेन्चर मोटरसाइकल हुनेछ । 

हिरो एक्सट्रीम–२०० आरमा प्रयोग गरिएकै इन्जिन एक्सपल्स–२०० दिइएको छ । उक्त इन्जिनले १८ बीएचपी र १७ एनएम–टर्क दिन्छ । फाइभ–स्पीड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता हिरो एक्सपल्स–२०० मा हुनेछ । 

केटीएम–३९० एड्भेन्चर

यस्तै, केटीएम कम्पनीले पनि ३९० एड्भेन्चर बाइक ल्याउने तयारी अन्तिम पुर्याएको छ । बाइकमा कम्पनीले रेगुलर अलोय–ह्वीलको प्रयोग गरेको छ । जुन अफरोड तथा अनरोड दुबैका लागि उपयुक्त हुनेछ । प्रिमियम ड्यूल–स्पोर्ट सेग्मेन्टमा निर्माण भएको यो बाइकको डिजाइन फ्लगसिप १२९० सुपर एड्भेन्चर मोटरसाइकलबाट लिइएको हो । 

यसमा ३७३ सीसी इन्जिन क्षमताको लिक्विड–कुल्ड, सिङ्गल सिलिन्डर इन्जिनले ४४ पीएस पावर तथा ३५ एनएम–टर्क जेनेरेट गर्छ । यो इन्जिन केटीएम–३९० ड्यूक र आरसी–३९० मोडलमा पनि रहेको छ । 

बाइकमा ठूलो साइजको ह्वील, ड्यूल स्पोट्र्स टायर, लामो दूरीको यात्राका लागि सस्पेन्सन, पेनीअर माउन्ट्स, कम्फर्टेबल सिटिङ्ग पोजिसन, हाई–इन्टनसिटी हेडल्याम्पस, विन्ड–स्क्रिन, ड्यूल डिस्क–ब्रेक तथा एबीएस सिस्टम दिइएको छ । 

बेनेली टीआरके–५०२ 

यसैबीच, बेनेली कम्पनीले आफ्नो एड्भेन्चर मोटरसाइकल टीआरके–५०२ सार्वजनिक गर्ने तयारी गरेको छ । यसको स्ट्यान्र्डर्ड भेरियन्टमा १७ इन्च स्पोक–ह्वील लगाएको छ । फ्रन्टमा ५० मिमिको यूएसडी–फर्क लगाएको छ भने रियरमा कम्प्रेशन एड्जस्टेबल मनोशक लगाएको छ । 

यो एड्भेन्चर मोटरसाइकलमा ४९९.६ सीसी लिक्विड प्याराल्ल ट्वीन इन्जिनको प्रयोग गरेको छ । यसले ५ हजार आरपीएममा ४५ एनएम–टर्ककासाथै ८ हजार ५ सय आरपीएममा ४५ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । 

२० लिटर क्षमताको फ्यूल–ट्याङ्की जडान गरिएको छ । यसको नेट तौल २१३ किलोग्राम रहेको छ । 

बीएमडब्ल्यू–आर–१२५० जीएस 

यसैबीच, बीएमडब्ल्यू कम्पनीले पनि आफ्नो एड्भेन्चर मोटरसाइकल आर–१२५० जीएस मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस मोटसाइकलमा अन्य प्रतिस्पर्धी मोडलमा समावेश प्राविधिक विशेषता दिएको दाबी गरेको छ । 

यसमा उपलब्ध १२५४ सीसी क्षमताको इन्जिनले ७७५० आरपीएममा १३६ बीएचपी पावरकासाथै ६२५० आरपीएममा १४३ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स लगाइएको छ । एबीएस, अटोमेटिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट कन्ट्रोललगायतका विशेषता रहेका छन् । 

ट्रायफ स्क्र्याम्बलर–१२०० 


ट्रायफ कम्पनीले पनि एड्भेन्चर स्क्र्याम्बर १२०० मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसले, अफरोडमा पनि निकै राम्रो पफर्मेन्स दिने कम्पनीले जनाएको छ । यसमा उपलब्ध इन्जिनले ७४ सय आरपीएममा ८९ बीएचपी पावरकासाथै ३९५० आरपीएममा ११० एनएम–टर्क उत्पादन गर्छ । यो मोटरसाइकल एक्स–सी र एक्स–ई दुई भेरियन्टमा बजारमा आउनेछ ।


Back_to_top