२ लाखभन्दा कम मूल्यमा नै पाइन्छ यी ५ मोटरसाइकल, तपाइको रोजाइमा कुन ?

काठमाडौं । पछिल्लो समय मोटरसाइकलको मूल्य बढ्दो क्रममा छ । लगातारको मूल्य वृद्धिका कारण अहिले मोटरसाइकलको मूल्य आकाशिँदै गएको हो ।

अहिले नेपालमा विक्री हुने १२५ सीसी क्षमताका मोटरसाइकलको मूल्य नै ३ लाख हाराहारीमा पुगेको छ भने १५० सीसीका मोटरसाइकलको मूल्य ३ लाखभन्दा माथि छ ।

मोटरसाइकलको मूल्यका साथै पेट्रोलियम पद्धार्थको मूल्यसमेत आकाशिएका कारण मोटरसाइकलको खर्च नै धान्न मुस्किल हुने अवस्था आइसकेको छ । यसै सन्दर्भमा हामीले अहिले पनि २ लाखभन्दा कम मूल्य भएको र संचालन खर्च कम तथा धेरै माइलेज दिने मोटरसाइकलहरूको चर्चा गरेका छौं ।

तपाईं पनि कम मूल्य र सस्तो संचालन खर्चले चलाउन सकिने मोटरसाइकलको खोजीमा हुनुहुन्छ भने बजारमा टीभीएस, हिरो, बजाज लगायतका कम्पनीले विभिन्न पाँच मोडेलका मोटरसाइकल उपलब्ध गराएका छन् ।

टीभीएस रेडन

टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले विक्री गर्ने टीभीएस रेडनमा १०९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ६३५० आरपीएममा ८.० पीएस पावर र ४५०० आरपीएममा ८.७० एनएम टर्क जेनेरेट गर्छ । यसमा रहेको इन्जिन सिंगल सिलिण्डर, एयरकुल्ड, फोर स्ट्रोक, बीएस फोर मापदण्डको हो ।

रेडनमा १० लिटर क्षमताको इन्धन ट्याङ्की छ । यसले औषतमा ७० किलोमिटर हाराहारी माइलेज दिने कम्पनीको दाबी छ । त्यसैले राइड एण्ड सेयरिङ कम्पनीमा आबद्ध चालकहरूले यसको प्रयोग बढाइरहेका छन् । यो मोटरसाइकलको मूल्य १ लाख ९६ हजार ९ सय रुपैयाँ रहेको छ ।

टीभीएस स्ट्राइकर १२५

टीभीएसकै स्ट्राइकर पनि कम मूल्यको मूल्यको मोटरसाइकल हो । कम्पनीले १ लाख ९६ हजार ९ सय रुपैयाँ मूल्य तोकेर विक्री सुरू गरेको स्ट्राइकर १२५ सीसीको इन्जिनमा उपलब्ध छ ।

यसमा रहेको १२५ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड बीएस फोर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा १०.८६ पीएस पावर र ५५०० आरपीएममा १०.८ एनएम टर्क जेनेरेट गर्छ ।

स्ट्राइकर मोडलमा पनि १० लिटर क्षमताको इन्धन ट्याङ्की छ भने यसको औषत माइलेज ५५ किलोमिटर हाराहारी रहेको छ ।

हिरो स्प्लेन्डर आईस्मार्ट ११०

नेपाल जनरल मार्केटिङले विक्री गर्दै आएको स्प्लेन्डर आईस्मार्ट ११० निकै सफल र चर्चित मोडल हो । कम्पनीले यसमा १०९.१५ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७५०० सय आरपीएममा ६.७ पीएस पावर र ५५०० आरपीएममा ९ एनएम टर्क जेनेरेट गर्छ ।

हिरोले १ लाख ८३ हजार ५०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको स्प्लेन्डर आईस्मार्टले ६० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

हिरो स्प्लेन्डर प्लस

१ लाख ९५ हजार ५०० रुपैयाँ मूल्य तोकेर नेपालमा विक्री भइरहेको स्प्लेन्डर प्लस निकै सफल मोटरसाइकल हो । सानो इन्जिनको कारण उच्च माइलेज यसको सबल पक्ष हो ।

हिरोले यसमा ९७.२ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ८.३५ पीएस पावर र ५५०० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ११ लिटर क्षमताको इन्धन ट्याङ्की छ भने माइलेज प्रतिलिटर ७० किलोमिटर हारहारी छ ।

बजाज प्लाटिना १०० इएस

बजाजको आधिकारिक विक्रेता हसंराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्ने बजाज प्लाटिना १०० इएस निकै किफायती मोटरसाइकल हो । यसले प्रतिलिटर ७५ किलोमिटरसम्म माइलेज प्रदान गर्ने प्रयोगकर्ताहरूको भनाइ छ ।

कम्पनीले यसमा ९९.२७ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८.३ बीएच पावर तथा ७.७ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top