काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले एक महिनामै २ लाख बढी यूनिट सवारी साधन विक्री गरेको छ ।
कम्पनीले सन् २०२३ को मार्च महिनामा मात्रै २ लाख ७ हजार ८० यूनिट सवारी विक्री गरेको हो ।
कम्पनीले सोमबार सार्वजनिक गररेको तथ्यांक अनुसार गत वर्ष २०२२ मार्चको तुलनामा यो वर्ष सवारी विक्री ९७.४५ प्रतिशतले बढेको हो । गत वर्ष मार्चमा बीवाइडीले १ लाख ४ हजार ८७८ यूनिट गाडी बेचेको थियो ।
सन् २०२३ को फेब्रुअरी १ लाख ९३ हजार ६५५ यूनिट गाडी बेचेको कम्पनीको मार्चमा विक्री ६.९३ प्रतिशतले बढेको हो ।
गएको वर्ष मार्चमा पूर्ण रुपमा आइसीई इन्जिनयुक्त सवारी साधनको उत्पादन र विक्री बन्द गरेको कम्पनीले पछिल्लो समयमा प्लग इन हाइब्रिड सवारी र ब्याट्री इलेक्ट्रीक सवारी उत्पादनमा विशेष ध्यान केन्द्रित गरेको थियो ।
हाल कम्पनीले न्यू इनर्जी भेहिकलमा प्यासेन्जर र कमर्सियल सेग्मेन्टका सवारीहरु उत्पादन तथा विक्री गर्दै आएको छ ।


