इलेक्ट्रीक स्कुटरमा ६० हजार नगद छुट

काठमाडौं । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारीक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सुनौलो मनसुन अफर स्कीम ल्याएको छ । कम्पनीले सुनरा स्कुटरको खरिदमा नगद रुपैयाँ छुट दिने स्कीम ल्याएको हो ।

कम्पनीले सुनरा स्कुटरको तीन मोडल रोबो, एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष मनसुन अफर ल्याएको हो ।

यस अफर अन्तर्गत, रोबो एस स्कुटरको खरिदमा ६० हजार रुपैयाँ नगद छुट, हक डबल ब्याट्रीमा ५८ हजार र हक सिंगल ब्याट्रीमा ३७ हजार नगद रुपैयाँ छुट पाइने छ ।

सुनरा रोबो एस भेरियन्टमा ३ किलोवाट पावर क्षमताको मोटर रहेको छ । जसले ४३०० किलोवाटको पिक पावर जेनेरेट गर्छ। यसमा ७२ भोल्ट २० एमएएचको २ वटा लिथियम ब्याट्रीप्याक रहेको छ ।

सिंगल चार्जमा १३५ किलोमिटरसम्मको रेन्ज दिने स्कुटरको टप स्पीड क्षमता ८० किलोमिटर प्रति घण्टा छ। नेपाली बजारमा रोबो एसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, हक भेरियन्टमा १८०० वाट क्षमताको मोटर रहेको छ। यो स्कुटर ७२ भोल्ट २० एमएएचको डवल तथा सिंगल लिथियम ब्याट्रीप्याक अप्सनमा उपलब्ध छ ।

यसले एक पटकको फुल चार्जमा १३५ कलिोमटिरसम्म रेन्ज दिनेछ। यसको टप स्पीड भने ६५ किलोमिटर प्रति घण्टा छ । हक डबल ब्याट्रीप्याक भेरियन्टको मूल्य ३ लाख १७ हजार ९०० छ भने सिंगल ब्याट्रीप्याक भेरियन्टको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top