काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवनको चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डिसी फास्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । कम्पनीले राजमार्गमा यात्रा गर्ने ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै चार्जिङ स्टेशन संचालनमा ल्याएको हो र
सरडार गोल्छा ग्रुपले निसान, ओमोडा एण्ड जेको, जिकर, लिप मोटर, सिट्रोन र प्यूजो जस्ता ब्राण्डका गाडी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
यस समूहले देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क संचालनमा ल्याइसकेको जनाएको छ । उपत्यका बाहिर पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, विरगञ्ज, बिर्तामोड र बर्दिबासमा चार्जिङ स्टेशन निर्माण गरिसकेको जनाएको छ ।