कार र मोटरसाइकल डुब्यो ? यसरी बाहिर निकाल्दा नोक्सानी कम हुन्छ

काठमाडौं । राति परेको ठूलो वर्षाले उपत्यकामा मात्रै करिब ४०० घर डुवानमा परेका छन् । यी घरसँगै सडक र ग्यारेजमा पानी पस्दा सवारी साधन पनि डुबेका छन् । यसरी डुबेका सवारी साधन निकाल्दा सावधानी अपनाउन सकिए भने ठूलो नोक्सानी हुनसक्छ ।

यसरी डुबेका सवारी साधनलाई कुसलता पूर्वक बाहिर निकाल्न सुरु गर्नु पहिले इलेक्ट्रीक कम्पोनेन्टलाई ड्यामेज हुनबाट बचाउनु पर्छ । त्यसको लागि सम्भव रहेसम्म ब्याट्री खोलेर नेगेटिभ टर्मिनल निकाल्नुपर्छ ।

ड्राइभरको सिटमुनि रहेको फ्यूज बक्सको स्वीच अफ गरिएको खन्डमा पनि केही हदसम्म गाडी सुरक्षित रहनसक्छ । गाडी पूर्णरुपमा डुबेको भए जबर्जस्ती स्टार्ट गर्नुहुँदैन ।

यी सबै सम्भावना नभएमा, नजिकको टेक्निसियन वा सर्भिस सेन्टरको सहयोगमा मात्र गाडीलाई क्रेनको सहायाताले निकाल्नुपर्छ । त्यसपछि आवश्यक परीक्षण, जाँच-पड्ताल गर्नेलगायतका काम-कारबाही गरेर सर्भिस सेन्टर गाडी बनाउने छ ।

मोटरसाइकलको पनि एग्जस्ट पाइपसम्म पानी भरिएको छ भने मोटरसाइकल स्टार्ट गर्नु हुँदैन । एग्जस्ट पाइपबाट पानी इन्जिन आयलसम्म फैलिएको हुन सक्छ । त्यसैले मोटरसाइकल डुबेको छ भने पानीबाट निकालेर सिधै वर्कसप लानु पर्छ । स्टार्ट गर्न कोशिस गर्नु हुँदैन ।


Back_to_top