जिप दुर्घटनामा नौ घाइते

फलेवास । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । 

कुस्मा नगरपालिका-३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नं.को जिप ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका-३ दुर्लुङ्गका बासिन्दा रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका कुस्मा-३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जिपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका-३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन् । 


Back_to_top