कार किन्न चर्चित तानाशाहले पनि भीख मागेका थिए, यस्ता छन् १८ रोचक तथ्य

काठमाडौं । अहिले कार मानव समाजको अभिन्न अंग बनिसकेको छ । विकसित देशका जनताको दैनिक जीवनको साथी रहेको कार विकासोन्मुख राष्ट्रका जनताको पनि सुखद् सपनाकैरूपमा रहेको छ ।

२१ औं शताब्दीका मानिसहरूसँग यति गहिरो नाता गाँसिसकेको त्यही कारकाबारे यहाँ केही रोचक तथ्यहरू प्रस्तुुत गरिएको छ ।

१. संसारमा अहिले १ अर्बभन्दा बढी कारहरू रहेका छन् ।

२. संसारको पहिलो आधुनिक कारको जनकको रूपमा कार्ल बेञ्जलाई लिने गरिन्छ ।

३. हरेक दिन विश्वमा १ लाख ६५ हजार कार बन्ने गरेका छन् ।

४. संसारलाई केही समय आफ्नो मुट्ठीमा राख्न सफल तानाशाह हिटलरले पनि जेलमा हुँदा कार लोनका लागि भीख मागेका थिए ।

५. एक औसत कारमा करिब ३० हजार पाटपूर्जा हुने गरेका छन् ।

६. चर्चित कम्पनी रोल्स रोयसले हालसम्म बनाएका ७५ प्रतिशत गाडी अझै पनि सडकमा गुड्ने गरेका छन् ।

७. एक औसत अमेरिकी हरेक वर्ष करीब ३८ घण्टा ट्राफिक जाममा फस्ने गरेको छ ।

८. सन् १८९१ मा ओहियो सहरमा संसारकै पहिलो कार दुर्घटना भएको थियो ।

९. रुसमा फोहोर गाडी चलाउनुलाई अपराध मानिन्छ ।

१०. तुर्कमिनिस्तानमा कार चलाउनका लागि प्रतिमहिना १ सय २० लिटर पेट्रोल ‘फ्रि’ मा दिने गरिएको छ ।

११. ‘बुगाटी भेरोन सुपर स्पोर्ट’ संसारकै सबैभन्दा तिब्र गतिमा गुड्ने कार हो । यो प्रतिघण्टा ४ सय ६३ किलोमीटरसम्म गुड्न सक्छ ।

१२. सन् १९४१ मा हेनरी फोर्डले सोयाबिनबाट कार बनाएका थिए ।

१३. अमेरिकाको न्यूयोर्क सहरमा आकस्मिक अवस्थामा बाहेक हर्न बजाउनु गैरकानुनी मानिन्छ ।

१४. एक औसत कारले आफ्नो ‘जीवन’को करिब ९५ प्रतिशत हिस्सा पार्किङमा बिताउने गरेको छ ।

१५. करिब ८० प्रतिशत कारहरू रिसाइकल हुन्छन् ।

१६. लस एञ्जलस सहरको १४ प्रतिशत हिस्सा हरेक दिन कार पार्किङका लागिमात्र प्रयोग हुने गरेको छ ।

१७. संसारमा भएका कारहरूले दैनिक २ सय ६० अर्ब ग्यालन इन्धन खपत गर्छन् ।

१८. संसारमा सबैभन्दा बढी कार चीनमा बन्ने गरेका छन् ।


Back_to_top