टोयोटाको सब फोर मिटर एसयूभी परिक्षणमा, कम मूल्यमा उत्कृष्ट फिचर

काठमाडौं । कोरोनो भाइरसको असर कम हुँदै गएपछि जापानबाट पुनः उत्पादन सुरु गरेको टोयोटाले विश्व बजारमा बिक्री गर्ने सब फोर मिटर एसयूभीको परिक्षण गरिरहेको तस्विर बाहिर आएको छ । यो टोयोटाको सबैभन्दा कम मूल्यको एसयूभी हुनेछ ।

सब फोर मिटर एसयूभीको रुपमा बजारमा आउने यो एसयूभी टोयोटा यारिसको वेसमा बनाउन लागिएको हो । निकै स्पोर्टी लुक्समा आउने नयाँ एसयूभी

ठूलो ह्विल र उच्च ग्राउन्ड क्लियरेन्स हुनेछ । साथै यसमा नयाँ डिजाइनको अलोय ह्विल र नयाँ टेलल्याम्प सेटअप रहेको छ ।

टोयोटाले यसलाई टीएनजीए–बी प्लेटफर्ममा डिजाइन गरेको हो भने यसलाई टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ सिस्टममा ल्याउने अनुमान गरिएको छ ।
यसमा १० इन्च हेड अप डिस्प्ले युनिट, स्मार्टफोन कनेक्टिभिटीको साथमा इन्फोटेनमेन्ट सिस्टम र सुरक्षाको लागि एयरब्याग सहितको फिचर रहेको छ ।

नयाँ एसयूभीमा १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन दिइएको छ । उक्त हाइब्रिड इन्जिनले ११५ बीएचपीको पावर जेनेरेट गर्छ । ट्रान्समिसन अप्सनमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक युनिट हुनेछ ।

यसलाई टोयोटाले २०२० को अक्टुबरसम्ममा विश्व बजारमा उतार्ने छ ।


Back_to_top