कारको सिटबेल्ट नबाँध्दा दुर्घटनाको दर बढ्दो, लुगा बिग्रने डरले बाँध्दैनन् यूवा

सडक दुर्घटना एउटा भवितव्य हो । दुर्घटना कति बेला कसरी हुन्छ भन्ने थाहा हुने विषय होइन । संसारभर सडक दुर्घटना घटाउन र मानविय क्षति कम गर्न विभिन्न चरणका सूचनामूलक कार्यक्रमदेखि सवारीसाधनमा सुरक्षा विशेषता बढाउने क्रम बढ्दो छ । 

यस्तोमा भारतीय अटोमोवाइल कम्पनी मारुतीले सडक दुर्घटनामा मानिसको मृत्यूको कारण बारे गरेको एक अध्ययन प्रतिवेदन बाहिर ल्याएको छ । जुन प्रतिवेदनले गाडीमा सवार यात्रुले सिटबेल्ट नबाँधेकै कारण ज्यान गुमाउनु परेको तथ्य सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा सहभागी मानिस मध्ये ४० प्रतिशतले आफुलाई सिटबेल्ट बाध्न मन नपर्ने बताएको उल्लेख गरिएको छ । ती मध्ये कतिले डराउने मानिसले मात्रै सिटबेल्ट बाध्छन् भन्ने उत्तर दिएका छन् भने कतिले अरुले डरपोख भन्छन् भनेर सिट बेल्ट नबाँध्ने गरेको बताएका छन् ।

सर्वेक्षणमा सहभागि ३४ प्रतिशत मानिसले सिटबेल्टले यात्रुको सुरक्षा नगर्ने बताएका छन् । सहभागी मध्य धेरैले सिटबेल्टले कसरी काम गर्छ भन्ने आफुलाई थाहा नभएको जवाफ दिएका थिए । 

प्रतिवेदन अनुसार युवाहरु सिटबेल्ट बाँध्न मन पराउँदैनन् । सर्वेमा सहभागि ८० प्रतिशत युवाले सिट बेल्टको प्रयोगले कपडा बिग्रने र अफ्ठ्यारो महशुस हुने बताएका थिए । 

कम्पनीले १६ सय विभिन्न उमेर समूहका मानिसमा सर्बे गरेको जनाएको छ ।  

कसरी गर्छ काम ?

सिटबेल्टले दुर्घटनाको समयमा सबैभन्दा धेरै सुरक्षाको काम गर्ने गर्छ । यदि तपाई अगाडिको सिटमा बसेर यात्रा गरिरहनु भएको छ भने, दुर्घटनाको समयमा गाडीको ड्यासबोर्डमा ठोक्किनबाट सिटबेल्टले तपाईलाई बचाउँछ । 

यदी भयानक दुर्घटनामा तपाई पर्नु भएको छ भने तपाई गाडीबाट बाहिर निस्कने संभावना धेरै हुन्छ । बेल्ट बाँधेको खन्डमा तपाई सिटमा नै रहनु हुनेछ । पछाडि सिटमा बसेर यात्रा गर्ने मानिसका लागि समेत सिटबेल्ट निकै महत्वपूर्ण हुने गर्छ । 


Back_to_top