नाडा अटो शो २०१९ को तयारी तिब्र

काठमाडौं । सवारी प्रदर्शनीको कुम्भमेला ‘नाडा अटो शो २०१९’ भदौ १० गतेबाट काठमाडौंको भृकुटीमन्डपमा हुन गईरहेको छ । यस वर्षको संस्करणमा २२ वटा चार पाङ्ग्रे सवारीका ब्राण्डहरु प्रदर्शनीमा भाग लिने भएका छन् । 

जसमा भारतीय, यूरोपियन, अमेरिकन, कोरियन तथा चिनियाँ ब्राण्डले बिक्री वितरण गर्दै आएका र नयाँ सवारीसाधनहरु प्रदर्शनीमा राखिने छन् । यस वर्षको नाडा अटो शोमा बीवाईडी तथा दाय कम्पनीका दुई वटा नयाँ इलेक्ट्रीक गाडीहरुको स्टल रहनेछ ।

प्रदर्शनीमा १९ वटा दुई पाङ्ग्रे सवारीका ब्राण्डको स्टल रहने छन् । अघिल्लो वर्ष सहभागि हुन नपाएका बिभिन्न १२ वटा बैंक तथा वित्तीय संस्थाका साथै ५७ वटा पाट्स तथा लुब्रिकेन्टका स्टलहरु पनि रहेको छन् । 

यस वर्षको नाडा अटो शोमा भृकुटीमन्डपको बगैचामा समेत स्टलहरु राखिएकोले अघिल्लो वर्ष स्टल नपाएका बैक तथा वित्तीय संस्थाहरुको समेत स्टलहरु रहेने भएको हो । तर, यस वर्ष चर्चित बाइक हार्ले डेविडसन भने नाडा अटो शोमा देखिने छैन ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल वितरणको काम पुरा गरिसकेको जनाएको छ ।


Back_to_top