काठमाडौं । अहिले बिहान ११ः१५ बजे नयाँ बानेश्वरतर्फबाट पुरोनो बानेश्वर जाँदै गरेको रातो डियो स्कुटर र पुरानो बानेश्वरबाट नयाँ बानोश्वरतर्फ जाँदै गरेको कालो स्कुटर मध्य बानेश्वरमा एक आपसमा ठोक्किदा दुबै स्कुटरका चालक घाइते भएका छन् ।
दुबैको अहिले मध्येबानेश्वर स्थित भरोसा अस्पतालमा उपचार भइरहेको छ । अनियन्त्रीत गतिमा आएका दुई स्कुटर ठोक्किदा स्कुटर क्षतिग्रस्त भएको छ भने, ट्राफिक प्रहरीले दुबै स्कुटर नियन्त्रमा लिएको छ ।