काठमाडौं । पछिल्ला दिनमा अटोमेटीक गियर भएको कारमा आर्कषण बढ्दै गएको छ । उपत्यकाको ट्राफिक जामले मानिसहरुलाइै निकै सताइरहेको छ । यस्तोमा हैरानी कमगर्न अटोमेटीक कारहरु उत्तम विकल्प हुन सक्छन् ।
नेपाली बजारमा सस्ता र इन्ट्री लेवलका अटोमेटीक कारहरु बिक्री भइरहेका छन् । जसमा रेनो क्वीड, हुण्डाई ग्राण्डआई १० र फोर्डको फिगो इन्ट्रीलेवलका रुपमा तपाईले पाउनु हुने छ । तर, क्विड अटोमेटीक गिएर सिफ्ट प्रविधि भएको कार हो, जुन पूर्ण अटोमेटीक भने होइन ।
रेनो क्विड
रेनो क्विड १००० सीसी इन्जनको क्षमता ६७ बिएचपीमा ९१ एनएम टर्क पावर जेनेरेट गर्छ । क्विड १.० लिटर इन्जिनको साथ अटोमेटीक गिएर सिफ्ट प्रविधि भएको रेनोको इन्ट्रीलेवल कार हो । यो पूर्णत अटोमेटीक कार भने होइन । यसमा रोटरी डायल गिएरबक्स लगाईएको छ । यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
नेपाली बजारमा २ भेरिएन्टमा उपलब्ध यो कार आरएक्सटी र आरएक्सएल मोडलमा उपलब्ध रहेको छ । आरएक्सटी मोडलको मूल्य २३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने, आरएक्सएलको मूल्य २१ लाख २२ हजार २५६ रुपैयाँ रहेको छ । आरएक्सएलमा दुई एयरब्याग दिइएको छ ।
यस कारले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा रेनाेका कारहरू एड्भान्स अटाेमाेबाइलले बिक्रीगर्दै अाइरहेकाे छ ।
ग्राण्ड आई १०
नेपाली बजारमा सर्वाधिक बिक्री भएको मोडल मध्येको एक हुन्डाई आई १० पछिल्लो समयमा ग्राण्ड आई टेनको नामबाट आइरहेको छ । होन्डाईले ग्राण्डआइटेनको दुई भेरिएन्टलाई पूर्ण अटोमेटीक गियर (एटी)मा ल्याइएको छ । म्याग्ना एटी र स्पोटेज(ओ) एटी यी दुई कम्पनीको इन्ट्री लेवलका अटोमेटीक भेरिएन्ट हुन् । यी कारमा सुरक्षाको लागि एयरब्याग जडान भएको छ भने, कारमा एबिएस सुबिधा दिइएको छ ।
दुबै कार ११९७ सीसी इन्जिन क्षमता भएका कार हुन् । यी दुबै कारमा ४ स्पिड अटोमेटीक गियर दिइएको छ । यसमा जडान भएको इन्जिनले ६००० आरपीएममा ८२ बीएचपी र ४००० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ । स्पोटेज(ओ) को नेपाली बजारमा मूल्य ३४ लाख ५६ हजार रहेको छ भने म्याग्ना अटोमेटीकको मूल्य ३० लाख ५६ हजार रहेको छ । हुन्डाइकाे नेपालकाेलागि अाधिकारिक वितरक लक्ष्मीइन्टरकन्टिनेन्टल प्रालि रहेकाे छ ।
फोर्ड फिगो
फोर्ड फिगो टाइटेनियम अटोमेटीक गियर बक्समा उपलब्ध रहेको छ । १४९९ सीसी क्षमताको इन्जिन दिइएको यो कारमा ५ स्पिड अटोमेटीक गियर दिइएको छ । यसमा जडान भएको इन्जिनले ६३०० आरपीएममा ११० बीएचपी र ४२५० आरपीएममा १३६ एनएम टर्क दिन्छ । फिगो टाइटानियमको नेपाली बजारमा मूल्य ३२ लाख ९९ हजार रहेको छ । यस कारले सहरमा १३ किलोमिटर र हाइवेमा १७ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । सुरक्षाको लागि दुई एयरब्याग जडान भएको यो कारमा एबिएस सुबिधा दिइएको छ ।