फक्सवागेन र डीडीको घोषणाः १८ अर्ब डलर खर्चेर ३० लाख स्वचालित कार उत्पादन गर्ने

काठमाडौं । फक्सवागेनले चीनको स्थानीय  कम्पनीसँग मिलेर संयुक्त लगानीमा स्वचालित कार निर्माण गर्ने भएको छ । 

फक्सवागेनले चाइना डीडी छुझिङ कम्पनीसँग संयुक्त लगानीमा स्वचालित कार उत्पादन गर्न लागेको हो । संयुक्त लगानीमा दुई कम्पनीले सन् २०२२ सम्ममा ३० लाख स्वचालित कार उत्पादन गर्ने भएका हुन् । 

फक्सवागेन र चीनको ठूलो राइड हेलिङ कम्पनी बीच आगामी महिना जर्मनीमा सम्झौता हुदैंछ । सुरुमा १ लाख स्वचालित कार उत्पादन गर्नेगरी सम्झौता गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

फक्सवागेनको उक्त कारको नाम डीडी हुने छ । दुई कम्पनीले संयुक्तरुपमा डिजाइन र अनुसन्धानसमेत गर्ने छन् । कम्पनीले चीनमा तत्कालनै ३० लाख स्वचालित कार उत्पादन गर्न सकेमा बजारको समस्या नहुने भएकाले सोही अनुसार अध्ययन र लगानीमा केन्द्रित हुन लागेको समेत जनाएको छ । फक्सवागेनको पाटर्नर कम्पनी डीडीले हाल ३१ मोडलका गाडी उत्पादन गर्दै आएको छ । 

डीडीका ८० प्रतिशत उपभोक्ताहरुले ४ सिट क्षमताका स्वचालित कारको प्रयोग गर्ने भएकोले आफु उत्साहित भएको फक्सवागेनले जनाएको छ ।  कम्पनीले १५० एमपिएच क्षमतको इन्जिनसमेत बनाउने छ  । 

संयुक्त लगानीमा कम्पनीले स्वचालित कारको उत्पादनमा १५ अर्ब युरो तथा १८.२ अर्ब अमेरिकन डलर सन् २०२२ सम्म लगानी गर्ने घोषणा गरेको छ ।  


Back_to_top