होन्डा अमेजको सुरुवाति बुकिङ्ग गर्ने उपभोक्ताले विशेष स्किम पाउने

काठमाडौं । होन्डा कार इन्डियाले यो वर्ष ३ नयाँ कार सार्वजनिक गर्ने तयारी गरेको छ । थप बजार हिस्सा बढाउन नयाँ कार ल्याउन लागेको कम्पनीले जनाएको छ । २०१७/०१८ मा होन्डाको कार बिक्री ८ प्रतिशतले बढेर १ लाख ७० हजार २६ पुगेको थियो । 

होन्डाले आगामी महिना अल–न्यू कम्प्याक्ट सेडान अमेज बजारमा ल्याउने भएको छ । होन्डाले २०१६/०१७ मा भारतमा १ लाख ५७ हजार ३ सय १३ वटा कार बिक्री गरेको थियो । 

चालू आर्थिक वर्षमा होन्डाले भारतीय बजारमा ३ नयाँ कार सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट तथा सेल्स डिरेक्टर राजेश गोलले बताए । 

यो वर्षको मध्यतिर होन्डाले अल–न्यू प्रिमियम एसयूभी सीआर–भी र सेडान सेगमेन्टको सिभिक सार्वजनिक गर्ने तयारी गरेको छ । १० औँ पुस्ताको नयाँ सिभिकसँगै यो सेगमेन्टमा भारतीय बजारमा कमब्याक हुने अपेक्षा कम्पनीको छ ।

 होन्डाले भारतमा पहिलो पुस्ताको अमेज २०१३ मा सार्वजनिक गरेको थियो, जुन हालसम्म २ लाख ५० हजारभन्दा बढी बिक्री भइसकेको छ । नयाँ पुस्ताको अमेज पनि पूर्णरुपमा भारतीय बजारलाई हुने गरी डिजाइन गरिएको गोलले बताए । 

अमेज डिजेल तथा पेट्रोल दुवै भर्समा उपलब्ध हुनेछ । डिजेल अप्सनमा सीभीटी अटोमेटिक ट्रान्समिसनमा विश्वभरमै भारतमा पहिलोपटक आउनेछ । अमेजको प्रि–बुकिङ खुलिसकेकाले पहिलो बुकिङ गर्ने २० हजार उपभोक्ताले राम्रो स्किम पाउने कम्पनीले जनाएको छ । 


Back_to_top