नायिका स्वस्तिमा खड्काले किनिन् ‘महिन्द्रा बीई सिक्स’

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी नायिका स्वस्तिमा खड्काले लिएकी छिन् । महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटेड प्रालिले अघिल्लो महिनाबाट बिक्री थालेको बीई सिक्स नायिका खड्काले लिएकी हुन् ।

नायिका खड्का महिन्द्राको नेपालको लागि ब्राण्ड एम्बास्डर समेत हुन् । यसअघि उनले महिन्द्राकै एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी चढ्दै आएकी थिइन् ।

नयाँ गाडी डेलिभरी लिने क्रममा खड्काले मेरोअटोसँग भनिन्, ‘पहिला पेट्रोल गाडीमा अप्सन खोन्थ्यिो । अहिले ईभीमै अप्सन पाउन थालियो । त्यसैले महिन्द्राको लेटेस्ट एसयूभी किन्ने निर्णय गरेँ ।’

आफू प्लेन चढ्नभन्दा कारमै नेपाल भित्र ट्राभल गर्न रुचाउने बताउँदै उनी भन्छिन्, ‘लङ रेन्ज र उच्च ग्राउण्ड क्लियरेन्सले त तान्यो नै । डिजाइन र फिचरमा पनि निकै अब्बल देखियो । त्यसैले बीई सिक्स किन्ने निर्णय लिए ।’

उनको निर्णयमा जीवन साथि निश्चल बस्नेतको समेत सहमति भएकाले गाडी लिएको बताइन् ।

यस्तो छ बीई सिक्स

महिन्द्रा बीई सिक्स तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्ट ‘प्याक वान’को मूल्य ५७ लाख रुपैयाँ, प्याक टुको मूल्य ६१ लाख र प्याक थ्रीको मूल्य ६८ लाख रुपैयाँ कायम गरिएको छ ।


निकै सार्प लुक्समा तयार भएको बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्री छ । साथै, उक्त ब्याट्रीलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई-सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

२०७ एमएम अग्लो उच्च ग्राउण्ड क्लियरेन्स भएको बीई-सिक्समा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्यूल्ट छन् ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्फ्र्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

महिन्द्राले बीई-सिक्समा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ ।

महिन्द्रा बीई सिक्समा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क भने ३८० न्यूटन मिटर छ । अनौठो ड्राइभिङ मोडको नामहरू रहेको एसयूभीमा रेन्ज, इभ्रीडे र रेस नाम दिएको छ ।


Back_to_top