एवोन भीको ब्राण्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत नियुक्त

काठमाडौं । एवोन भीको ब्राण्ड इन्डोर्सरमा अभिनेत्री वर्षा राउत नियुक्त भएकी छिन् ।

एवोन इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले राउतलाई एक्स्ट्राअर्डिनरी एवोन भीको आधिकारिक ब्राण्ड एन्डोर्सरमा नियुक्त गरेको हो ।

सीजी मोटर्सले ब्राण्ड एन्डोर्सर राउतलाई एवोन भी हस्तान्तरण समेत गरेको छ । नेपाली चलचित्र उद्योगमा आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा अब एवोन भी परिवारको हिस्सा बन्न पुगेको कम्पनीले जनाएको छ ।
सीजी मोटर्सका जीएम (सेल्स) सुशील क्षेत्रीले ब्राण्ड इन्डोर्सर राउतसँग मिलर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने बताए ।

‘हामी वर्षा राउतलाई एवोन भी को ब्राण्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता एवोन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं,’ उनले भने ।

ब्राण्ड इन्डोर्सर राउतले द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई एवोन भीले सम्पूर्ण रूपमा समर्थन गर्ने बताइन् । यस गाडीको ८ प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउने उनको भनाइ छ ।

‘एवोेन भी केवल गाडी होइन । यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ । मसाज सिट, हिटिङ-कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु । जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ,’ उनले भनिन् ।

एवोन भीमा १०० किलोवाट क्षमताको मोटर छ । यसमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले ६५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।


Back_to_top