भारतमा थपिने भयो नयाँ अटोमोवाइल कम्पनी ‘अदानी’

काठमाडौं । भारतीय उदयमान बहुराष्ट्रिय कम्पनी अदानी ग्रुपले पनि अटोमोवाइल उत्पादनमा प्रबेश गर्ने भएको छ । यो बहुराष्ट्रिय कम्पनीले ‘अदानी’ नाममा अटोमोवाइलको ट्रेडमार्क दर्ता गरेसँगै नयाँ ब्राण्ड थपिने चर्चा सुरु भएको हो ।

अदानी ग्रुपले केही समयअघि ‘अदानी न्यू इन्डष्ट्रिज लिमिटेड’ नामक कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनीले ग्रिन इनर्जी प्रोजेक्टको विकास र संचालन गर्ने जनाइएको छ । कम्पनीले ग्रिन इनर्जीका लागि सेन्थेसीस, लो-कार्वन फियूल र केमीकल तथा लो-कार्वन इलेक्ट्रिसीटीको विकास गर्ने जनाएको छ ।

कम्पनीले सोलार मोडुल, व्याट्री, इलेक्ट्रोनिक्सस तथा ग्रिन इनर्जी प्रोजेक्टका मुख्य कम्पोनेन्टहरु विन्ड टर्वाइन, ग्रिन हाइड्रोजन जेनेरेटको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अडानी ग्रुपले हरित इनर्जीमा केन्द्रित रहेर व्यवसाय विस्तार गर्न चाहेकाले कम्पनीले बनाउने सवारी साधन इलेक्ट्रीक हुने अनुमान गरिएको छ । भारतमा धेरै संख्यामा इभीका स्टार्टपहरुले काम गरिरहेका छन् । यस कारणले पनि भारत छिटै इभीको प्रयोग बढ्ने विश्वास गरिएको छ । यद्यपी अदानी समूहले तत्कालै गाडी उत्पादन गर्ने कुरामा भने विश्वस गरिएको छैन ।


Back_to_top