काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाउने भएका छन् ।
शनिवार मध्यरातीबाट लागू हुने गरी नेपाल आयल निममले हवाई इन्धनको मूल्य प्रतिलटिर ५ रुपैयाँ बढाएको थियो । वायुसेवा सञ्चालक संघ (आयोन) ले मंगलबारबाट लागू हुनेगरी हवाई भाडा बढाउने तयारी गरेका छन् ।
‘हाम्रो आजको बैठकले बढाउने निर्णय गर्दछ,’ आयोनका कार्यकारी प्रमुख कमलेस बर्माले भने । निर्णय गरेर नागरिक उड्डयन प्राधिकरणलाई आइतबारनै सिफारिस गर्ने तयारी रहेको बर्माले जानकारी दिए ।
निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १०० रुपैयाँ पुराएपछि हवाई भाडा बढाउन लागिएको हो ।
न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने तयारी गरिएको छ ।
सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।
आयल निगमले शनिवार पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीनरतीन रूपैयाँ बढाएको हो । निगमले आज राती १२ बजे देखि लागू हुने गरी मूल्य बृद्धि गरेको हो ।
मूल्य बढेसंगै पेट्रोल अब १ सय १३ रुपैयाँ भएको छ । भने डिजेल/पेट्रोलको मूल्य ९५ रुपैयाँ तोकिएको निगमले जानकारी दिएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर पाँच रुपैयाँ बृद्धि गरेको छ ।
अव हवाई इन्धनको मूल्य १ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
यता यातायात व्यवसायीले पनि विगत देखिनै सार्वजनिमक सवारीको भाडा बढाउने तयारी गरेका छन् । यसपटक इन्धनको मूल्य बढेकोले सार्वजनिक सवारीको भाडा बढाउने निषयमा छलफल भइरहेको र त्यसको लागि यातायात विभागसँग छलफल हुने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

