६.६ प्रतिशतमै एवोनका ईभी, पाइन्छ थप यी ९ सुविधा

काठमाडौं । एवोनले ‘द एक्स्ट्राअर्डिनरी चेन्ज’ अफर ल्याएको छ । नेपालका लागि एवोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्यले यस्तो अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत एवोन वाइ वा एवोन भी ईभीमा अपग्रेड हुन चाहने ग्राहकले विभिन्न प्रिमियम सुविधा पाउने छन् ।

जसमा ग्राहकले ६.३ प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, ब्ल्याक प्लस डेकेर कार वाशर, भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू पाउने छन् ।

साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स र अतिरिक्त एक्सेसरिज समेत पाउने कम्पनीले जनाएको छ ।

साथै, हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि पाउने छन् । हाल नेपाली बजारमा एवोनका ३ भेरियन्ट उपलब्ध छन् ।

एवोन वाइमा ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ५०० किलोमिटर रेन्ज दिन्छ । यसको मूल्य ५८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने एवोन भी एलिटको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एवोन भी लक्जरीमा ७५.३ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसले एकपटकको फुचार्जमा ६५० किलोमिटर रेन्ज दिन्छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ ।

एवोन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्राण्ड हो। एशिया, युरोप र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, एवोनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ ।


Back_to_top