‘५ स्टार सेफ्टी रेटिङ’सहित आउँदै नयाँ ब्रेजा

काठमाडौं । मारुती सुजुकी ब्रेजाको नयाँ जेनेरेशन मोडलले ग्लोबल एनक्याप क्र्यास टेष्टमा सजिलै फाइभ स्टार सेफ्टी रेटिङ पाउने चर्चा सुरु भएको छ । सन् २०१८ मा पहिलो पटक परिक्षण गरिएको ब्रेजाले ४ स्टार रेटिङ पाएको थियो । यसले चाइल्ड सेफ्टीमा थ्रि स्टार रेटिङ हासिल गरेको थियो ।

सामान्य केही कुरामा परिमार्जन गर्ने हो भने ब्रेजाले ५ स्टार रेटिङ पाउन सक्ने ग्लोबल एनक्यापका सेक्रेटरी जनरल एलेजेन्ड्रो फुरसले मिडियामा बताएसँगै नयाँ जेनेरेशन ब्रेजाले ५ स्टार रेटिङ पाउने चर्चा भएको हो ।

बजारको आवश्यकता अनुसार नयाँ ब्रेजामा फिचरहरु थप भएर आउने कम्पनीले यसअघि नै जनाइसकेको छ । यस्तोमा सेग्मेन्टका दुई प्रतिस्पर्धी एक्सयूभी ३०० र नेक्सनले ५ स्टार रेटिङ पाएसँगै बजारमा राम्रो ब्यापार पनि पाइरहेका छन् । त्यसैले मारुती सुजुकी आफ्नो नयाँ जेनेरेशन ब्रेजामा पनि ५ स्टार रेटिङ चाहिरहेको छ ।

मारुती सजुकीले आफ्नौ एक मात्र एसयूभीलाई थुप्रै प्रिमियम फिचर थप गरेर बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ ब्रेजामा प्याडल सिफ्टर, हेडअप डिस्प्ले, सनरुफ जस्ता फिचर थप भएर आउने अपेक्षा गरिएको छ । सम्भवत कम्पनीले सेप्टेम्बरसम्ममा नयाँ जेनेरेशन ब्रेजाको विक्री सुरु गर्नेछ ।


Back_to_top