नयाँ अल न्यू क्रेटाको इन्जिन रेगुलरभन्दा कति फरक

हुन्डाईले क्रेटाको नयाँ संस्करण बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सार्वजनिक गर्ने भएको अल न्यू हुन्डाई क्रेटा पेट्रोल र डिजेल इन्जिन दुबै अप्सनमा आउने छ । नयाँ क्रेटामा भारतीय प्रदुषण मापदन्ड बीएस ६ अनुसारको इन्जिन दिइएको छ । 

नयाँ क्रेटामा उपलब्ध १.५ लिटर न्याचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिनले ११५ हर्ष पावर तथा १४४ एनएम टर्क उत्पादन गर्छ । यस्तै, १.४ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले १४० हर्षपावर र २४२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुयल ट्रान्समिसन र ७ स्पीड डिसिटी ट्रान्समिसन लगाइएको छ ।

अहिले बिक्री वितरण भइरहेको मोडलमा उपलब्ध १.६ लिटर न्याचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिनले १२३ हर्ष पावर र १५१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

त्यस्तैगरि नयाँ क्रेटाको डिजेल भेरियन्टमा १.५ लिटर टर्बाेचार्ज्ड इन्जिनले ११५ हर्ष पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स र ६ स्पीड टर्क कन्र्भटर जडान गरिएको छ ।

अहिले बिक्री भइरहेको रेगुलर मोडलमा भने १.६ लिटर /१.४ लिटर टर्बाेचार्ज्ड डिजेल इन्जिनले रहेको छ । जसले क्रमश ९० बिएच पावर र २२० एनएम टर्क तथा १२८ विएच पावर र २६० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ ।

कम्पनीका अनुसार नयाँ क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १ हजार ७९० एमएम, उचाई १६२२ एमएम रहेको छ । यसमा २६१० एमएमको ह्वीलवेस रहेको छ । अहिले बिक्री भइरहेको मोडलको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६३० एमएम रहेको छ भने २५९० एमएम ह्वील बेस रहेको छ । 

नयाँ हुन्डाई क्रेटामा स्प्लीट हेडलाइट, स्लिम एलइडी ल्याम्प, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिंग लाइट, एलइडी डे टाइम रनिंग लाइटको विशेषता दिइएको छ । यसमा आकर्षक प्रिमियम क्याबिन दिइएको छ । 

यसले बजारमा किया सेल्टोस, एमजी हेक्टर, टाटा ह्यारिएर, निशान किक्स, रेनो क्याप्चर र फक्सस्वागेन टि क्रशसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।


Back_to_top