हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित ह्याचब्याक कार ग्रान्ड आई १० अल न्यू मोडलको रुपमा बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले करिब ३ वर्षपछि ग्रान्ड आई १० को अल न्यू मोडल ल्याउन लागेको हो ।
कम्पनीले बजारमा ल्याउने अल न्यू ग्रान्ड आई १० ले मारुती सुजुकी स्वीफ्टसँग सिधा प्रतिस्पर्धा गर्नेछ । बिभिन्न रिपोर्टका अनुसार नयाँ ग्रान्ड आई १० पुरानोको तुलनामा केही फराकिलो हुनेछ भने यसको इन्टेरियर पनि पुरानोको तुलनामा निकै आर्कषक हुनेछ ।
भारतका बिभिन्न भागमा परिक्षणको क्रममा देखिएको नयाँ ग्रान्ड आई १० लाई कम्पनीले सेप्टेम्बर २०१९ मा बजारमा उतार्ने योजना बनाएको अनुमान गरिएको छ । भारतीय बजारमा ५ लाखदेखि ८ लाख ५० हजार रुपैयाँको हाराहारीमा मूल्य रहने अनुमान गरिएको यस गाडीमा ड्यासबोर्ड, सिट मेटेरियल लगायतमा ठूलो परिवर्तन गरिएको छ ।
यसमा दिइएको गियर प्यानलमा कम्पनीले पुरै परिवर्तन गरेको छ भने पावर विन्डो बटमहरु नयाँ सेन्ट्रोको जस्तैगरी प्लेस गरेको छ । नयाँ कारमा किलेस इन्ट्री र पुस बटम स्टार्ट दिइएको छ ।

यसमा दिइएको इन्स्ट्रुमेन्ट प्यान फरक किसिमको रहेको छ भने ८ इन्चको इफोटेन्टमेन्ट सिस्टम यसमा आउने अनुमान गरिएको छ । साथै, नयाँ ग्रान्ड आई १० मा इलेक्ट्राेनीक क्लाईमेट कन्ट्रोल रहने छ ।
भारतीय नयाँ सुरक्षा मापदन्ड र भारत सरकारले २०२० अप्रिलबाट लागु गर्ने भारत प्रदुषण मापदन्ड (बीएस–६) अनुरुपको इन्जिनमा यो नयाँ कार आउने छ ।


