काठमाडौं । टाटा मोटर्सले आफ्नो पुरानो चर्चित एसयूभी ‘सफारी’को नामबाट आगामी २६ जनवरीमा नयाँ ७ सिट क्षमताको एसयूभी बजारमा उतार्ने भएको छ । सन् २०१९ मा मात्रै उत्पादन बन्द भएको सफारी अब भने यहाँ डिजाइनको साथ बजारमा आउन लागेको हो ।
कम्पनीले सफारीको पहिलो यूनिट फ्याट्रीबाट ‘रोलआउट’ गरिसकेको छ । नयाँ सफारी र एच-५ एउटै प्ल्याटफर्ममा बनेको हो । त्यसैले नयाँ सफरी लगभग एच-५ जस्तै देखिन्छ । तर, साइजमा भने केहि ठूलो रहेको छ । सफारीमा एच-५को तुलनामा रुफमा स्टेप्ड डिजाइन, फरक टेलल्याम्प, सार्क फिन एन्टेना जस्ता फिचर दिइएको छ ।

नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । प्रिमियम लेदर सिट, ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् । टाटा सुरक्षीत कार उत्पादनमा चर्चित नाम भइसकेकाले कम्पनीले ल्याउन लागेको सफारी पनि त्यतिकै सुरक्षीत रहने अनुमान गरिएको छ ।
नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

