नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाटै डिजेल चोरी !

काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन प्वाल पारेर डिजेल चोरी भएको समाचार नवभारत टाइम्सले प्रकाशन गरेको छ ।

भारतको मोतिहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत विहारको विसान नविगञ्ज पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको समाचारमा दाबी गरिएको छ । यस विषयमा भने नेपाल आयल निगमले जानकारी नपाएको जनाएको छ ।

पाइपलाइन प्वाल पारेर चोरी भएको डिजेलको क्षेती नेपालले व्योहोर्न नपर्ने भएकाले यस विषयमा निगमलाई जानकारी नगराइएको हुन सक्ने निगमको ठम्माई छ ।

२०७६ भदौ २४ गतेदेखि नेपालले पाइपलाइनबाट डिजेल आयात गर्दै आएको छ । यहि पाइपलाइनबाट पेट्रोल ल्याउन थप गृहकार्य भइरहेको निगमले यसअघि नै जानकारी दिइसकेको छ ।


Back_to_top