अल्टोमा पनि ६ एयरब्याग पाइने

काठमाडौं । मारुती सुजुकीले पछिल्लो समय आफ्नो मास मार्केट मोडल अल्टोलाई सुरक्षा फिचर थप गरेर ल्याएको छ । कम्पनीले सब–कम्प्याक्ट एसयूभी ब्रेजा र स्मल ह्याचव्याक सेलेरियोपछि सबैभन्दा सस्तो मोडल मारुती सुजुकी अल्टो के–१० को इन्ट्री लेवल भेरियन्टमा ६ एयरव्याग दिने भएको हो ।

कम्पनीले ६ एयरव्यागका अतिरिक्त एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस), ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी प्रोग्राम जस्ता सुरक्षा फिचर अल्टोमा दिइसकेको छ । कम्पनीले सुरक्षा फिचर थप गरेर २०२५ मोडल बजारमा पठाउन थालेको हो ।

सबै प्यासेन्जरका लागि थ्री पोइन्ट सिटबेल्ट र रिभर्स पार्किङ सेन्सर उपलब्ध छ । सुरक्षामा ठिकठाक गाडी बनाउँदै आएको मारुती सुजुकीले पनि आफु सुरक्षा फिचरमा निकै सचेत रहेको पुस्टी भएको छ ।

मारुती सुजुकी अल्टो के–१० को २०२५ मोडलमा १.० लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ६७ ब्रेक हर्सपावर र ९१ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । उक्त इन्जिनसँग फाइभ स्पीड म्यानुअल र फाइभ स्पीड एएमटी गियरबक्स उपलब्ध छ ।


Back_to_top