एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा

काठमाडौं । एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरिएको छ । नेपालमा एथर इनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरेको हो ।

गत साउन २१ देखि २६ गतेसम्म आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’अभियानमा सहभागी मध्येबाट विजेता बनेका सालिकराम कँडेलले रिज्टा स्कुटर पाएका छन् ।

सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको प्रमुख मोडल हो । यो दुई ब्याट्री अप्सन २.९ किलोवाट आवर र ३.७ किलोबाट आवरमा उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा अधिकतम १६० किलोमिटरसम्मको रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ ।एथर रिज्टाको टप स्पीड प्रतिघण्टा ८० किलोमिटर छ ।

रिज्टामा सिट मुनि ३४ लिटर र अगाडि वैकल्पिक फ्रंकमा थप २२ लिटर गरी ५६ लिटर स्टोरेज क्षमता छ । आकर्षक डिजाइन्, फराकिलो र लामो सिट, पिलियन ब्याकरेस्ट, र ठूलो फ्लोरबोर्ड भएकाले यो पारिवारिक यात्राका लागि उपयुक्त स्कुटर हो ।

रिज्टामा आधुनिक राइड(असिस्ट प्रविधिहरू अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ(लोकेशन सेयरिङ, चोरीरटो अलर्ट, र पिङ माई स्कुटर फिचर छन् ।

रिज्टामा ७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेशन र एथर स्ट्रयाक ६ मार्फत कनक्टिभिटी छ । रिज्टा विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध छ ।

नेपालमा एथरका स्कुटर वैद्यज इनर्जीले बिक्री गर्दै आएको छ । बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राखेको वैद्यज इनर्जीले नेपालमा ८ वटा एक्सपिरियन्स सेन्टर, १ विशेष टेस्ट राइड जोन, ७ भन्दा बढी सर्भिस सेन्टर र २३ं एथर ग्रिड फास्ट(चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।


Back_to_top