काठमाडौं । भियतनामी न्यू इनर्जी भेहिकल कम्पनी भिनफास्टले एमजी कोमेटलाई टक्कर दिन नयाँ मिनी ईभी ल्याउने भएको छ ।
कम्पनीले भारतको तामिल नाडूमा स्थापन गरेको प्लाण्टबाट मिनी कार ‘मिनियो ग्रीन’ उत्पादन गर्ने भएको हो । यसका लागि कम्पनीले प्याटेन्ट समेत दर्ता गरिसकेको छ ।
भियतनाममा मिनियो ग्रीन कमर्सियल भेहिकलको रूपमा बिक्री भइरहेको छ । भारतीय बजारमा भने कम्पनीले मल्टी युज स्ट्राटिजीमा यो कार बिक्री गर्न लागेको हो । ३.०९ मिटर भन्दा ठूलो साइजको यो कारमा थ्रीडोर मात्र रहने छ । यसको साइज एमजी कोमेटभन्दा करिब ११६ एमएमले लामो रहेको छ ।
भियतनामा हाल बिक्री भइरहेको कम्प्याक्ट टलब्वाय प्रोफाइलको मिनियो ग्रीनमा सानो साइजको बोनेट समेत रहेको छ । सर्कुलर ह्वीलआर्क, १३ इन्चको ह्वील र परम्परागत डोरह्याण्डल यसको साइड प्रोफाइल रहेको छ ।

रियरमा यो कारमा सार्कपिन एन्टेना, फ्ल्याट विण्डस्क्रीन, भर्टिकल स्ट्याक्ड लटेलल्याम रहेको छ । यो कारको ड्यासबोर्डमा इन्फोटेन्मेन्ट र ड्राइभर इन्फर्मेसनको लागि एक मात्र स्क्रीन रहने छ ।
ग्रेकलरको इन्टेरियर थिम रहेको मिनियो ग्रीनमा ड्यासबोर्ड, डोरह्याण्डल र अपहोस्ट्रेमा ब्लू कलरको एसेन्ट रहेको छ । कम्पनीले यसको क्याबिनलाई बेसिक थिममा, एथेस्ट स्पेश, कम्फर्ट र प्राक्टिकल एप्लिकेसनमा ध्यान दिएको छ ।
भिनफास्टको अन्य फिचरको रूपमा रोटरी डायल, फिजिकल बटमहरू, टुस्पोक स्पोर्टी स्टेरिङ ह्वील, फोरवे एडजस्टेबल ड्राइभर सिट, डेनाइट आईआरभीएम, एयरब्याग, एबीएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम लगायत फिचर छ ।

यो मिनी कारमा १४.७ किलोवाट आवरको ब्याट्रीप्याक, २७ पीएस पावर र ६५ न्यूटन मिटर टर्क दिने २० किलोवाट रियर ह्वील ड्राइभ मोटर रहेको छ । इको र नर्मल ड्राइभिङ मोड भएको यस कारको रेन्ज १७० किलोमिटर र ८० किलोमिटर प्रतिघण्टाको टपस्पीड रहेको छ ।
भिनफास्टले तमिल नाडू प्लाण्टबाट वार्षिक १ लाख ५० हजार युनिट सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले अहिले बुकिङ लिइरहेको भीएफ सिक्स र सेभेन पनि यहीँबाट उत्पादन गर्नेछ । जसमा भीएफ सेभेनको उत्पादन सुरू समेत गरिसकेकोछ । त्यस्तै, कम्पनीले यसअघि नै ७ सिटे एसयूभी भिनफास्ट लिमो ग्रीनको प्याटेन्ट दर्ता गरिसकोको छ ।
भारतमा उत्पादन हुने मिनियो ग्रीन नेपाल समेत आउने सम्भावना छ । नेपालमा भिनफास्टको आधिकारिक बिक्रेतामा एड्भान्स अटोमोबाइल नियुक्त भइसकेको छ ।

