एनटर्क स्कुटर अब १५० सीसीमा आउने

काठमाडौं । टीभीएसको निकै लोकप्रिय मानिएको एनटर्क स्कुटर अब १५० सीसी क्षमताको इन्जिनमा बजारमा आउने भएको छ ।

कम्पनीले सोसल मिडियामा टिजर भिडियो सार्वजनिक गर्दै भारतीय बजारमा नयाँ १५० सीसी एनटर्क २०२५ सेप्टेम्बर १ तारीखमा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

टीभीएसले स्पोर्टी प्रिमियम स्कुटर सेग्मेन्टका रूपमा टीभीएस एनटर्क १५० लाई बजारमा उतार्ने तयारी गरिरहेको हो । कम्पनीले एनटर्क १५० मा नयाँ स्पोर्टी ग्राफिक डिजाइनका साथै डाइमेन्सन पनि नयाँ दिएर ल्याउने भएको छ ।

बजारमा प्रिमियम सेग्मेन्टमा आउने भएकाले नयाँ १५० एनटर्कमा स्पोर्टी स्टाइलसँगै एड्भान्स फिचरहरू र नयाँ इन्जिन सेटअप उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

एनटर्क १२५ को भन्दा अझै एग्रेसिभ स्पोर्टी प्रोफाइल, नयाँ ग्राफिक्स डिजाइन, भाइब्रेन्ट कलर, प्रिमियम सुविधाहरू र आकर्षक पावर आउटपुट गर्ने १५० सीसीको दमदार इन्जिन यस स्कुटरमा पाइने अपेक्षा राख्न सकिन्छ ।

साथै, पूरा एलईडी लाइट, एलईडी डीआरएल, क्वाड प्रोजेक्टर हेडलाइट सेटअप, टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, कनेक्टिभिटी सिस्टम, सीभिटी गियरबक्स सिस्टम, ट्युबलेस टायर, अलोय ह्वील र एबीएस जस्ता फिचरहरू हुने छन् ।

टीभीएसको एनटर्क १२५ सिरिज नेपाली बजारसँगै भारतीय बजारमा पनि गेम चेन्जर स्कुटरको रूपमा सावित भएको स्कुटर हो । कम्पनीले सोही स्पोर्टी डिजाइनलाई अगाडि बढाउँदै १५० सीसी क्षमतामा नयाँ प्रिमियम एनटर्क ल्याउने भएको हो ।


Back_to_top