दुई भेरियन्टमा आयो एस-०५, मूल्य ४९ लाखबाटै सुरू

काठमाडौं । दीपल ब्राण्डको नयाँ क्रसओभर एसयूभी एस-०५ नेपालमा दुई भेरियन्टमा सार्वजनिक भएको छ । चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बिहीबार एक कार्यक्रमका बीच दीपल एस-०५ को लन्च गरेको हो ।

कम्पनीले दीपल एस-०५ प्लस र म्याक्स भेरियन्टमा नेपाल आएको हो । जसमध्ये लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस०५ मा बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेल लाइट दिइएको छ । सेग्मेन्ट लिडर फिचरमा जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको क्विन को-पाइलट रहेको छ ।

यसमा ठूलो १६० लिटरको फ्रंक, आउट डोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ ।

दीपल एस-०५ मा ९९ किलोवाटको मोटर रहेको छ । यसले ३२० न्युटन मिटर टर्क दिन्छ । यसमा ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ । जसले सिंगल चार्जमा ४७० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

दीपलले नयाँ एस-०५ मा विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले बनाएको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ । यसको लाइफस्पान ६ लाख किलोमिटर माथि हुनेछ । यसमा रहेको ब्याट्री ३सी सपोर्ट गर्न सक्षम छ । यसले १५० किलोवाटसम्मको डीसी चार्जर लिन्छ ।

एस-०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किंङ छ । जसले साँघुरो पाकिङ स्पेसमा पनि सहजै पार्क गर्न सहयोग गर्नेछ । यसमा सुरक्षाका लागि साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ ६ वटा एयरब्याग, एडास भित्र रहेका १९ आधुनिक फिचर, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, ५ एचडी क्यामेरा, ५ मिलिमिटर वेभ रडार, १२ अल्ट्रासोनिक सेन्सर, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता फिचर छन् ।

त्यसैगरी, एस०५ मा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ । जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङ्गको अनुभव दिलाउँछ ।


Back_to_top