काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा अब उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रवेश गर्नुपर्ने भएको छ ।
विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै यात्रुहरूलाई आफ्नो उडान समयभन्दा १ घण्टा अघि नै अध्यागमन क्षत्रेमा प्रवेश गर्न अनुरोध गरेको हो ।
विशेष गरी रातीको समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहँदा प्रक्रियामा ढिलाइ हुने सम्भावना बढेकाले १ घण्टा अगाडि नै प्रवेश गर्न आग्रह गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।
‘…यसलाई सहज बनाउन नागरिक उड्डयन प्राधिकरणलाई रात्रिकालीन उडान तालिका लचिलो बनाउने तथा सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगावै चेक इन गराई अध्यागमन क्षेत्रमा प्रवेश गराउने व्यवस्था गर्न अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

