काठमाडौं । सन् १९८४ मा भारतमा स्थापना भएको मारुती सुजुकीले अहिलेसम्मकै सबैभन्दा कठोर समय भोगेको जनाएको छ । कम्पनीले अप्रिल महिनाको उत्पादन र बिक्रीको तथ्यांक दुबै सून्यमा रहेको रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।
बिगत ३६ दिनदेखि नेपाल जस्तै भारतपनि लकडाउनमा रहेकाले अहिले कुनैपनि प्लान्ट संचालनमा नरहेको र कुनैपनि डिलरबाट एक यूनिटपनि गाडी बिक्री नगरेको कम्पनीले जनाएको हो ।
उसोत यस्तो अवस्था मारुती सुजसकीको मात्रै होइन सबै कम्पनीको बिक्री सून्य र उत्पादन समेत सून्य रहेको छ ।
कोरोना भाइरसको कारण अर्थतन्त्र सिथिल बन्दै गएको यो समय अटोमोवाइल उत्पादक र बिक्रेताको लागि निकै कठिन समय भएको भन्दै मारुती सुजुकीले अगामी दिन अझै कठिन रहने जनाएको छ ।
भारतमा बिक्री नभएपनि यो अवधिमा कम्पनीले पहिला नै उत्पादन भएको ६३२ यूनिट गाडी निर्यात भने गरेको जनाएको छ ।

